Dhulikhel Business Vegetable Training

Dhulikhel 5 days Business Vegetable Training

छिमेक लघुवित्त वित्तीय संस्था लि.बाग्मती प्रादेशिक कार्यालयले ५ दिने व्यावसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ । प्रदेश अन्तर्गतको १० जिल्लाका  १५ शाखाका २१ पुरुष र १२ महिला गरि ३३ जना सदस्य किसानहरुलाई क्षमता वृद्धि गर्ने र व्यवसायलाई थप सफल र सहज गर्न प्राविधिक ज्ञान सहितको सिपमुलक तालिम  संचालन गरेको हो । काभ्रेको धुलिखेल स्थित धुलिखेल तालिम केन्द्रमा संचालित तालिममा मुख्य प्रशिक्षकको रुपमा निशान श्रेष्ठ र चेत राज बोहरा रहनु भएको थियो । अतिथी प्रशिक्षक साना तथा घरेलु उद्योगका उद्धम विकास सहजकर्ता गिता पुर्कुटी र बनेपा नगरपालिकाका कृषि अधिकृत दिपेश दुलाल रहनु भएको थियो । कार्यक्रमको बिशेश अतिथी संस्था का वरिष्ठ अधिकृत प्रकाश राजबंशी रहनु भएको थियो । कार्यक्रममा तरकारी खेती गर्न पूर्व र गरी सकेपछी गर्नुपर्ने गतिविधि, चुनौती, खेती प्रविधी, माटो पहिचान र नमूना लिने विधि, बाली संरक्षण र जैविक व्यास्थापन तथा व्यावसायिक योजना, वित्तीय सचेतना खेल, सरकारी स्तरबाट किसानले पाउने सेवा सुबिधा र कृषि बिमा सम्बन्धि विशेष रुपमा प्रशिक्षण भएको थियो । २०८० मंसिर ७ गतेका दिन तालिममा एक दिने अवलोकन भ्रमण र प्रयोगात्मक प्रशिक्षण रहेको थियो ।

 

November 24, 2023

Dowload Full Story:

Download